
पोर्चुगिज मिडफिल्डर रुवेन नेभेस क्लबको कीर्तिमानी मुल्यमा साउदी प्रो लिग क्लब अल हिलालमा अनुबन्धित भएका छन् । ल हिलालले २६ वर्षीय नेभेसलाई इंग्लिस क्लब वल्भ्सबाट क्लबको कीर्तिमानी मुल्य ४७ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । वल्भ्समा सम्झौता अवधि अझै एक सिजन बाँकी रहेपनि उनले ६ वर्षको मोलिनक्स बसाई बिट मारेका हुन् । नेभेस साउदी अरेबियाको प्रो लिगका लागि युरोपेली क्लब छोड्ने पछिल्लो ठूला खेलाडी हुन् । यस महिनाको सुरुमा फ्रान्सेली फरवार्ड करिम बेन्जेमा र मिडफिल्डर अल इतिहादमा अनुबन्धित भइसकेका छन् । गत जनवरीमा रोनाल्डोले अल नासर पुगेसँगै युरोपको शीर्ष डिभिजनमा सानदार प्रदर्शन गरिरहेका खेलाडीहरुको गन्तव्य साउदी अरेबिया बनेको छ । चेल्सीका गोलकिपर एडुआर्ड मेन्डी पनि अल अहलीमा अनुबन्ध नजिक रहँदा म्यानचेस्टर सिटीका पोर्चुगिज मिडफिल्डर बर्नार्डो सिल्भा अल–हिलालले लक्षित गरिहेको छ । नेभेसले गत सिजनको अन्त्यमा बार्सिलोनाबाट खेल्ने आफ्नो महत्वाकांक्षी रहेको बताएपनि बार्सिलोनाले कुनै प्रक्रिया नै अघि बढाएन । अल–हिलालले भुक्तान गरेको शुल्क सन् २०२० मा लिभरपुलले डिएगो जोटालाई तिरेको भन्दा बढी हो । नेभेस सन् २०१७ मा पोर्चुगिज क्लब पोर्टाेबाट च्याम्पियनसिप क्लब वल्भ्समा अनुबन्ध भएका थिए । नेभेसकै समय २०१७–१८ मा वल्भ्स च्याम्पियनसिपबाट शीर्ष डिभिजनमा बढुवा हुन सफल भएको थियो । नेभेसले वल्भ्समा ६ सिजन बिताउँदा २५३ खेलमा ३० गोल गरेका छन् ।
कुनै टिप्पणी छैन। आफ्नो विचार साझा गर्ने पहिलो व्यक्ति बन्नुहोस्!
साइन इन छलफलमा सहभागी हुन