एथलेटिक्सका दीपक अधिकारी र पारा तेक्वान्दोकी सृजना घिसिङ एनओसी अवार्ड जितेका छन् । ओलम्पिक डे (जुन २३) पारेर शुक्रबार नेपाल ओलम्पिक कमिटी (एनओासी) आयोजित अवार्डमा खेलाडीको पुरुषतर्फ दीपक र महिलातर्फ सृजनाले अवार्ड प्राप्त गरेका हुन् । त्यस्तै पारा तेक्वान्दोका कविराज नेगी र टेनिसकी रेनु देवी कोन्डा उत्कृष्ट प्रशिक्षकको अवार्ड प्राप्त गरे । नेपपाल बक्सिङले उत्कृष्ट संघको अवार्ड प्राप्त गर्यो । सन्चारकर्मीलाई पनि अवार्ड चार पत्रकार पनि एनओसी अवार्डबाट सम्मानित भएका छन् । सिलापत्रका सरोज तामाङले उत्कृष्ट मल्टी मिडिया, प्रजित शाक्यले उत्कृष्ट छापामाध्यम, प्रज्वल शाक्यले उत्कृष्ट भिज्युल मिडिया र सुनिता डंगोलले उत्कृष्ट फोटो पत्रकारको अवार्ड प्राप्त गरे । ओलम्पियन रघुराज वन्तको नेतृत्वमा रहेको जज प्यानलले अवार्ड विजेताको घोषणा गरेको थियो । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् ( राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, पूर्व अध्यक्ष तथा सांसद ध्रुवबहादुर प्रधान, एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठ, उपाध्यक्ष एवंम प्रमुख कार्यकारी अधिकृत चतुरानन्द राजवैद्यसहित अन्य पदाधिकारी र सदस्यले अवार्ड प्रदान गरेका थिए ।
कुनै टिप्पणी छैन। आफ्नो विचार साझा गर्ने पहिलो व्यक्ति बन्नुहोस्!
साइन इन छलफलमा सहभागी हुन